Logo

सागरको गीतमा मिस पबीको अभिनय (भिडियोसहित)



काठमाडौं, माघ २० । गायक सागर धिमालको स्वर तथा संगीत रहेको (वर आउ न) बोलको गीत सार्वजनिक भएको छ । यस गीतको शब्द धिमाल आफैंले लेखेका हुन् ।

टिकटकमार्फत चर्चा कमाएकी पवित्रा साकी (मिस पबी) र रमण धिमालले गीतको भिडियोमा अभिनय गरेका छन् ।
क्लास एक्स प्रेजेन्टेसनमार्फत म्युजिक प्रडक्सन गरिएको यस गीतको भिडियोलाई विवेक विकले निर्देशन गरेका हुन् । त्यस्तै म्युजिक प्रोग्राम्ड ज्योति श्रेष्ठ तथा मेकअप आङ् दोर्जे शेर्पाले गरेका छन् ।

भ्यालेन्टाइनको छेकोमा रिलिज गरिएको यस गीतले विदेशबाट फर्कदैं गरेका प्रेमि र प्रेमिकाबीचको रोमान्सलाई पर्दामा उतारेको छ ।

गायक सागरले यसअघि (सानो सानो मेरो सपनामा), (हर्षमय) लगायत गीतमा आफ्नो स्वर दिइसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्