Logo

एमाले नेताको आरोप : अदालतमा कांग्रेसको फोहोर छ (भिडिओसहित)



काठमाडौं, २० माघ । नेकपा (एमाले) का नेता तथा सांसद दयालबहादुर शाहीले अदालतमा कांग्रेसको फोहोर रहेको दाबी गरेका छन् । उनले भने,‘कांग्रेस जनताबाट बढारियो चुनावमा, अदालतमा सेटिङ मिलाएर आयो ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले न्यायमूर्तिहरु आफ्नो ठाउँमा हुनुपर्दथ्यो भन्ने धारणा राखे ।

उनले भने,‘यहाँ त्यही संविधान छ, गिरिजाबाबुले भंग गर्दा मान्छ, मनमोहनले गर्दा मान्दैन् । भोलि ओलीविरुद्ध कुनै प्रधानमन्त्रीले विघटन गर्दा मान्छ ।’

उनले रवि लामिछानेको नागरिकतासम्बन्धी प्रकरणमा अदालतले दिएको फैसला राम्रो रहेको बताएका छन् । उनले भने,‘अदालतले जे गर्यो, असाध्यै राम्रो भयो ।’ उनले रविले गल्ती गरेकै दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्