Logo

सरकारलाई ३ अर्ब फिर्ता गर्दै निर्वाचन आयोग



काठमाडौं, २० माघ । निर्वाचन आयोगले नेपाल सरकारलाई ३ अर्ब फिर्ता गर्ने भएको छ।

निर्वाचन आयोगले प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनका लागि अनुमानित अनुसार सरकारसँग मागेको १० अर्ब रुपैयाँमा ३ अर्ब बचेको भन्दै फिर्ता गर्न लागेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।

निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै थपलियाले आयोगले २०७४ सालको चुनावमा भन्दा निकै मितब्ययी भएर खर्च गरेको बताएका छन्।



प्रतिक्रिया दिनुहोस्