Logo

निर्वाचनमा अन्तरघात गर्ने नेता/कार्यकर्ताप्रति जसपा कठोर बन्ने संकेत



काठमाडौं, २० माघ । जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिको पुसमा सम्पन्न बैठकले निर्वाचनको समयमा पार्टीभित्र रहेर अन्तरघात गर्ने, आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिने, निर्वाचनको समयमा निष्कृय रहने वा असहयोग गर्नेहरुलाई कारवाही गर्ने निर्णय गरेको छ ।

बुधबार बारा जिल्ला समन्वय समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवले “निर्वाचनमा धोका दिने नेता तथा कार्यकर्तालाई पार्टीमा कुनै स्थान नहुने” बताए ।

निर्वाचनमा भएका गतिविधिबारे छानवीन गर्न बनेको समितिले अन्तरघातको आरोपितहरुलाई पत्र काटेरै स्पष्टीकरण लिन थालेपछि निर्वाचनमा अन्तरघात गर्नेहरुप्रति जनता समाजवादी पार्टी, नेपाल कठोर बन्ने संकेत देखिएको छ । शिवलाल थापा संयोजकत्वको ५ सदस्यीय समितिले केन्द्रीय तहका नेताहरुको छानवीन गरिरहेको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्