Logo

उच्च अदालतको आदेश विरुद्ध सन्दीप लामिछाने सर्वोच्च जाने



काठमाडौं, २० माघ । क्रिकेटर सन्दीप लामिछाने उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालत जाने भएका छन् । नाबालिका बलात्कार आरोपमा थुनामा रहेका लामिछाने गत पुष २८ मा २० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

धरौटी रकम धेरै भएको र विदेश जान रोक लगाइएको भन्दै सर्वोच्च जाने तयारी भएको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए ।

‘हो, हामी सर्वोच्च जाने तयारीमा छौं । खेलाडिलाई २० लाख रुपैयाँ धरौटी बढी भयो । उ आफैं हाजिर हुन आएको मान्छेलाई बाहिर (विदेश) खेल्न जान रोकिएको छ, त्यो अन्याय भयो भनेर सर्वोच्च जाने तयारी गरेका हौं,’ अधिवक्ता घिमिरेले भने ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्