Logo

अस्पतालको बेडबाट घनश्यामले भने–गम्भीर समस्या छैन्



काठमाडौं, २० माघ । नेकपा (एकीकृत समाजवादी) का सचिवालय सदस्य घनश्याम भुषालले आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका छन् । सडक दुर्घटनाका कारण भुसााल यतिवेला सिभिल अस्पतालमा उपचाररत छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्–

सडक दुर्घटनाको कारण सिभिल अस्पतालमा उपचाररत रहेको हुँदा अहिलेसम्म कुन‌ै प्रकारको च‍ोटपटक वा गम्भीर समस्या नरहेको, साथै मेडिकल टेस्टको हालसम्मको रिपोर्टहरू समेत सामान्य रहेको जानकारी गराउँदै चासो(चिन्ता व्यक्त गर्नुभएकोमा सबैप्रति आभार व्यक्त गर्दछु ।



प्रतिक्रिया दिनुहोस्