Logo

‘स्वर्गमा ५ वर्ष’ : एक महिलाले मृत्युपछि के-के देखे ?



एजेन्सी । एक महिलाले स्वर्गलाई लिएर ठूलो दाबी गरेकी छिन्। उनले भनेकी छिन् की उनी स्वर्गमा गएर पाँच वर्ष बसेरपनि आएकी छिन्। यद्यपि उनको यो दाबीमा कत्तिको सच्चाइ रहेको छ, यसमा केही भन्न सकिन्न।

द मिररका अनुसार लिंडा क्रैमर नामक महिला १४ मिनेटभन्दा बढी समयसम्म चिकित्सकीय रूपमा मृत रहिन्। उनका अनुसार उनले सगरमाथाभन्दा ३० हजार गुणा ठूलो हिमाल देखिन्। क्रैमरले मृत्युपछिको जीवनको बारेमा आफ्नो अनुभव बाडेकी छिन्।

स्रोतका अनुसार यो ६ मे २०२१को घटना हो। क्रैमर बिहान शौचालय जाँदै थिइन। तब अचानक उनको मृत्यु भयो। क्रैमरका अनुसार उनको यात्रा यहीँ रोकिएन। जब डाक्टर उनीलाई बचाइरहेका थिए तब उनी स्वर्गमा गए। स्वास आएपछि क्रैमरले आफ्नो अनुभवमा बताएका छन्। उनका अनुसार जति समय उनी स्वर्गमा रहे, त्यो समय उनलाई पाँच वर्ष जतिको लामो लाग्यो।

क्रैमरले अन्तरर्वातामा पृथ्वीमा नदेखेका धेरै कुराहरुको उल्लेख गरेकी छिन्। उनले भनिन्, ‘मैले आफैलाई फूलहरुको क्षेत्रमा उभिएको पाए। म सगरमाथाभन्दा २० हजार गुणा ठूलो हिमालयबाट हेरिरहेको थिए। म जहाँ थिए त्यसको पछाडि एक विशाल पर्वत श्रृंखला थियो।’



प्रतिक्रिया दिनुहोस्