Logo

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै



काठमाडौं, २० माघ । मधेश प्रदेशमा मन्त्रिमण्डल विस्तार हुने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एमाले, जनता समाजवादी पार्टी, माओवादी केन्द र जनमत पार्टीलाई साथमा लिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

मन्त्रीका लागि जसपाबाट सुरिता साह, सिंहासन सिंह कलवार, प्रमोद जयसवाल, एमालेबाट राजकुमार लेखी, सारदा थापा, माओवादीबाट भरतप्रसाद साह र सुनिता यादव र जनमतबाट महेश यादवको नाम चर्चामा रहेको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्