Logo

सांसद चौधरी रिहाइको माग गर्दै नाउपाले गर्‍यो लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध



काठमाडौं, २० माघ । नागरिक उन्मुक्ति पार्टीले सांसद अरुण चौधरी रिहाइको माग गर्दै लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । नागरिक उन्मुक्ति पार्टीका सांसदले बैठक सुरु हुने वित्तिकै आ–आफ्नो ठाउँबाट उठेर विरोध गरेका थिए । नागरिक उन्मुक्ति पार्टीका संसदीय दलको नेता रहेका धर्म चौधरीले प्रतिनिधि सभा सदस्य अरुण चौधरीको रिहाइको माग गरे । थारुहरुलाई पुनः जेल हाल्ने काम भएको भन्दै आपत्ति जनाए ।

सांसद चौधरीलाई आज कारागार चलान गरिएको छ । उनलाई जिल्ला अदालत कैलालीले कैद पुर्जी दिएर आज कारागार पठाएको थियो। सांसद चौधरी विरुद्ध १० वर्षअघि ट्याक्टर जलाएको मुद्धा छ । उनलाई छ महिना कैद र ८ लाख १९ हजार ४ सय २३ रुपैंया भराउने फैसला भएको छ।

चौधरी कैलाली– २ बाट प्रतिनिधि सभामा निर्वाचित सदस्य हुन् । उनी विरुद्ध २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको आरोपमा मुद्धा परेको थियो । अदालतको फैसलापछि फरार रहेको सांसद चौधरीलाई प्रहरीले हिजो पक्राउ गरेको थियो ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्