Logo

परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्काका प्रधानमन्त्रीलाई भेट्दै



काठमाडौं, २० माघ । श्रीलङ्का भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै छन्।

श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुगेका उनले आज साँझ श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्ने मन्त्रालयले जनाएको छ। प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलङ्काका विदेशमन्त्री अली सब्रिसँग भेट गर्नेछन्।

भेटवार्तापछि उनी श्रीलङ्काको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुनुहुनेछ। भोलि बिहान श्रीलङ्काको स्वतन्त्र दिवसको अवसरमा आयोजित समारोह एवं परेड कार्यक्रममा परराष्ट्रमन्त्री डा पौड्याल सहभागी हुने कार्यक्रम छ।

कार्यक्रम सकिएपछि दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट गर्नेछन्। रासस



प्रतिक्रिया दिनुहोस्