Logo

रवि लामिछाने भने : प्रिय चितवन, केही दिनमा भेट्न आउदैछु है !



काठमाडौं, २० माघ । रास्वपाका सभापति एवम् निवर्तमान उपप्रधानमन्त्री रवि लामिछानेले चितवनका किसानले प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्रि नभएपछि सडकमै तरकारी फालेपछि उक्त समस्याको समाधान खोजिने बताएका छन् । उनले किसानले मूल्य नपाएर सडकमा नै उत्पादन फाल्नुपर्ने अवस्था दर्दनाक अवस्था भएको भन्दै त्यसको अन्त्यको लागि लागिपर्ने विश्वास दिलाएका छन् ।

उनले केही दिनमै चितवन पुग्नेपनि बताएका छन् । उनले लेखेका छन्-

प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फाल्नु पर्ने बाध्यतामा छन् देशका किसान । देशका किसानले उत्पादन गरेको तरकारीको मुल्य छैन,बजार छैन । किसानले सुनाैलाे भबिस्यकाे सपना बुन्दै उत्पादन गरेको तरकारि मुल्यहिन बनेर सडकमा फाल्नु पर्ने याे दर्दनाक अवस्थाको अन्त्य गर्न लागीपर्ने छौं। समस्या थाहा छ, समाधान खोज्ने छौं। प्रिय चितवन, केही दिनमा भेट्न आउदैछु है। फोटो: सामाजिक संजाल



प्रतिक्रिया दिनुहोस्