Logo

‘नेपाली केटी एप’ प्रयोग गरेर लाखौं ठग्ने गिरोह पक्राउ, प्रहरीले गर्यो सार्वजनिक



काठमाडौं, २० माघ । प्रहरीले ‘नेपाली केटी’ नामको एप प्रयोग गर्दै लाखौं रकम ठगी गरेको आरोपमा आठ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी ठगी आरोपमा पक्राउ परेका ती आठ जनालाई सार्वजनिक गरेको हो।

ललितपुर महानगरपालिका १५ सातदोबाटो बस्ने एक जना पीडितले खाताबाट ह्याक गरी चार लाख रुपैयाँ झिकिएको भन्दै परिसरमा जाहेरी दिएका थिए। ती पीडितको उजुरीपछि परिसरले विशेष टोली गठन गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले हेटौंडा, काठमाडौं र ललितपुरबाट आठ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत घर भई काठमाडौंको चाबहिल बस्ने २९ वर्षीय अवधेश कुमार, सप्तरी घर भई बौद्ध बस्ने ३४ वर्षीय दीलिपकुमार चौधरी, पर्साका ३३ वर्षीय अजय चौधरी भन्ने नगेन्द्र साह कानु, रौतहट घर भई हेटौंडा बस्ने २७ वर्षीया रविना चौधरी, बारा घर भई हेटौंडा बस्ने सन्तोष कुँवर छन्।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्