Logo

अनेरास्ववियूले हिसान अध्यक्षलाई बुझायो ज्ञापनपत्र, स्ववियु निर्वाचनदेखि चर्को शूल्कको विरोधसम्मका विषय



काठमाडौं, २० माघ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले देशका सबै निजी तथा सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) लाई ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा पुगेको टोलीले हिसानका अध्यक्ष रमेश सिलवाललाई उक्त ज्ञापनपत्र बुझाएको हो ।

लामो समय स्ववियु निर्वाचन नहुदा विद्यार्थी आफ्ना अधिकारबाट बन्चित भएको र विद्यार्थीहरुको आफूले नेतृत्व गर्ने बाटोमा अवरोध खडा भएको पत्रमा उल्लेख छ । सो क्रममा शिक्षा क्षेत्रमा भएको चर्को मूल्य वृद्धिको पनि संगठनले विरोध गरेको छ ।

ज्ञापन पत्र बुझ्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपालका अध्यक्ष रमेश सिलवालले शिक्षित जनशक्ति पलायनले देशको ठूलो धनराशी प्रत्यक्ष अप्रत्यक्ष रुपमा बाहिरिएकोमा चिन्ता व्यक्त गरेका थिए । उनले अनेरास्ववियूको मागप्रति आफू सकारात्मक रहेको बताएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्