Logo

कस्तो रहला आजको मौसम ?



काठमाडौं, माघ २१ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन।

आज देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । देशका तराईका भूभागमा हुस्सु तथा कुहिरो लागेको छ।

आज दिउँसो प्रदेश नं. १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं. १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्