Logo

माओवादी ढुलमुले चरित्रको कम्युनिष्ट पार्टी हो– माधव नेपाल (प्रतिवेदनको पूर्णपाठसहित)



काठमाडौं, २१ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (माओवादी केन्द्र) ढुलमुले चरित्रको कम्युनिष्ट पार्टी भएको टिप्पणी गरेका छन् । आज (शनिबार) देखि सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्नो २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले माओवादीले सत्ताका लागि जुनसुकै बेला जस्तोसुकै कदम चाल्न सक्ने भन्दै अस्थिर र ढुलमुले प्रवृत्तिको पार्टी भएको टिप्पणी गरेका हुन् ।

‘प्रतिनिधि सभाको तेस्रो ठूलो दलका रूपमा रहेको नेकपा (माओवादी केन्द्र) ढुलमुले चरित्रको कम्युनिष्ट पार्टी हो । यसको पनि वर्ग अडान स्पष्ट छैन । सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको छ । यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै छ तर सत्तास्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति यसमा देखिएको छ,’ उनले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्