Logo

प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म थेग्न पनि गाह्रो छ– माधव नेपाल



काठमाडौं, २१ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनका दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रपतिको निर्वाचनसम्म थेग्न नसक्ने टिप्पणी गरेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनमा खटपट सुरु भएको र सत्ता गठबन्धनका दलले प्रधानमन्त्रीलाई अब धेरै थेग्न नसक्ने बताएका हुन् ।

‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन। राष्ट्रपतिको चुनावसम्म थेग्ने होला। तर त्यो भन्दा पहिले नै हामीले देखिरहेका छौं, खटपट सुरू भइसकेको छ,’ उनले भने ।

 

 

 



प्रतिक्रिया दिनुहोस्