Logo

मार्च १० देखि १४ सम्म भियतनाममा कफी महोत्सव हुँदै



एजेन्सी । भियतनाममा मार्च महिनामा कफी महोत्सवको आयोजना गरिंदै छ। आगामी मार्च १० देखि १४ सम्म डाकलाक प्रदेशमा कफी महोत्सव हुँदैछ।

द बुआन मा थाट कफी महोत्सव नाम दिइएको उक्त महोत्सवमा विभिन्न प्रकारका कफी उत्पादन र यससँग सम्बन्धित कफी संस्कृतिको बारेमा प्रदर्शनी गरिने बताइएको छ। यहाँ आयोजना गरिन लागिएको यस प्रकारको यो आठौँ कफी महोत्सव हो।

भियतनाम न्युज एजेन्सीले जनाएअनुसार सो अवसरमा कफी उत्पादन, प्रशोधन र उपभोग संस्कतिको विकास र संबर्धन गर्ने उद्देश्यले कफी गोष्ठीको पनि आयोजना गर्न लागिएको हो।

भियतनामलाई कफीको अन्तरराष्ट्रिय केन्द्रकोरूपमा चिनाउँन र विकास गर्न यस किसिमको महोत्सवले सहयोग पुग्ने उक्त प्रदेशका जनसमितिका उपाध्यक्ष ह्मि क्दोहले बताएका छन्। डाकलाक क्षेत्रमा दुई लाख १० हजार हेक्टर क्षेत्रफलमा कफी खेति गरिन्छ जहाबाट पाँच लाख २० हजार टनभन्दा बढी कफी उत्पादन हुने गर्छ।

धान-चामलपछि भियतनामको प्रमुख निर्यात हुने बाली कफी हो। सन् २०२२ मा भियतनामले १६ लाख आठ हजार टन कफी निर्यात गरेको थियो जसबाट ३.९ बिलियन अमेरिकी डलर भित्र्याएको थियो।



प्रतिक्रिया दिनुहोस्