Logo

प्रधानमन्त्री दाहाल पेरिसडाँडाबाट सिधै माधव नेपालको पार्टी कार्यालयमा



काठमाडौं, २१ माघ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । पार्टीको स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री दाहाल नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगर पुगेका हुन् ।

सो क्रममा उनले सत्ता गठबन्धनमा संकट उत्पन्न भएकोबारे छलफल भएको बुझिएको छ । प्रधानमन्त्री दाहालले रास्वपाले सरकारबाट समर्थन झिकेको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारेमा चर्चा गरेका छन् । माधव नेपालले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएकोले सरकारमा सहभागी हुनकोलागि कुनै आपत्ति नहुने धारणा राखेका थिए ।

रास्वपाका सभापति रवि लामिछानेले आफ्नो माग पूरा गर्नको लागि आजसम्मको अल्टिमेटम दिएका थिए । तर, प्रधानमन्त्री दाहालले कुनैपनि हालतमा गृहमन्त्रालय रास्वपालाई ननिदे अडान लिएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्