Logo

प्रधानमन्त्री दाहालसँग रविको भेट, गृहको साटो भौतिक मन्त्रालयको अफर



काठमाडौं, २१ माघ । रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सो भेटवार्तामा प्रधानमन्त्री दाहालले गृह मन्त्रालय दिन नसकिने र त्यसको साटो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन आग्रह गरेका छन् । प्रधानमन्त्री दाहालको प्रस्तावबारे पार्टीमा छलफल गर्न सभापति लामिछानेले बैठक बोलाएका छन् ।

उनले सरकारबाट फिर्ता लिने निर्णय लिनको लागि पार्टीको आकस्मिक बैठक बोलाएको बुझिएको छ । प्रधानमन्त्री दाहाललाई दिएको दुई दिनको अल्टिमेटम सकिएपनि मागबारे कुनै सुनुवाई नभएको भन्दै लामिछानेले सरकारबाट फिर्ता हुने निर्णय लिन पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् ।

रास्वपाले गृहमन्त्रालयमा दाबी गरिरहेको छ । तर, प्रधानमन्त्री दाहालले कुनैपनि हालतमा उक्त मन्त्रालय नदिने अडान लिएका छन् । दाहालले रविको माग सुनुवाईबारे कुनै चासो नदेखाएको भन्दै सो दलका नेताहरु रुष्ट छन् । File Photo



प्रतिक्रिया दिनुहोस्