Logo

रास्वपा आजपनि अनिर्णित, भोलि विहान ११ बजे पूनः बैठक बस्ने



काठमाडौं, २१ माघ । रास्वपा सरकारमा रहने वा नरहने भन्नेबारे आजपनि अनिर्णित बनेको छ । पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त रुपमा बसेको तीन घण्टा लामो छलफलपछि पनि रास्वपाले कुनै निर्णय नलिएको हो ।

बरु, भोलिको संसद् बैठक भने बहिष्कार गर्ने निर्णय गरेको छ । रास्वपाले गृहमन्त्रालयमा आफ्नो अडान कायम राखेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रालय नदिने अडान राखेका छन् ।

गृहको साटो भौतिक पूर्वाधार मन्त्रलाय लिन प्रस्ताव गरिएको छ । बैठक भोलि विहान ११ बजेपनि बस्ने सांसद सन्तोष परियारले जनाए । आजको बैठकमा सरकार छाड्ने वा नछाड्ने भन्ने विषयमा कुनै छलफल नभएको उनको भनाई छ ।

उनले चितवन २ मा उपनिर्वाचन चाँडो हुनुपर्नेबारे पनि छलफल गरिएको सुनाए। आफूले प्रधानमन्त्री दाहाललाई कुनै अल्टिमेटम नदिएको पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्