Logo

रेशमको मुद्दामा आज सुनुवाई हुँदै



काठमाडौं, २२ माघ । पूर्वसांसद रेशम चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दाको आज सुनुवाई हुँदैछ । उनको उक्त मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

आइतबार सुनुवाइका लागि पेशी तोकिएको मुद्दा न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको इजलासमा छ । रेशम चौधरीसहित १२ जनाको मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ ।

यता, आजै नागरिक उन्मुक्ति पार्टीले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राख्ने भएको छ । पार्टीकी अध्यक्ष रञ्जिताले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । file photo



प्रतिक्रिया दिनुहोस्