Logo

रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्री दाहाललाई भेटेर बुझाए राजीनामा



काठमाडौं, २२ माघ । रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् । उनीहरुले आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामा बुझाएका हुन् ।

आजमात्रै रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर सरकारबाट बाहिरिने निर्णय गरेको हो । शिक्षामन्त्री शिशिर खनाल, श्रममन्त्री डिपी अर्याल र स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्कीले राजीनामा बुझाएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्