आज तराईका भू–भागहरूमा हुस्सु र कुहिरो


काठमाडौं, माघ २३ । आज देशको तराईका भू–भागहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो प्रदेश नं १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।

प्रदेश नं १ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल देशको पहाडी भु–भागमा आंशिक बदली रही बाँकि भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ। बिहानको समयमा देशको तराईका धेरै भू–भागहरूमा लागेको हुस्सु र कुहिरो लागेको र मध्यान्न पछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको जनाएको छ।

हुस्सु र कुहिराकोे प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन माहाशाखाले अनुरोध गरेको छ।