Logo

साफ यु–२० महिला च्याम्पियनसिप : आज नेपाल र भारतबीच प्रतिष्पर्धा हुँदै



काठमाडौं, माघ २४ । बंगलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतको सामना गर्दैछ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतसँग प्रतिष्पर्धा गर्न लागेको हो। नेपाल र भारतबीचको खेल दिउँसो २ः४५ बजे शुरु हुनेछ। नेपाललाई फाइनल पुग्नका लागि भारतबिरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ।

नेपाल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ। नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो। दोस्रो खेलमा भुटानलाई हराएको थियो।



प्रतिक्रिया दिनुहोस्