Logo

बढ्यो डलरको भाउ, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं, माघ २४ । आज अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६७ पैसा कायम गरिएको छ।

सोमबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ४४ पैसा बढेको हो।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ १५ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७९ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ५९ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रुपैयाँ र बिक्रीमा ९१ रुपैयाँ ४१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ २३ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६८ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २० पैसा र बिक्रीदर ३५ रुपैयाँ ३६ पैसा तोकेको छ।



प्रतिक्रिया दिनुहोस्