Logo

क्यान इन्फोटेक मेला आजदेखि



काठमाडौं। कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ)को आयोजनामा २८औं संस्करणको क्यान इन्फोटेक आजदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ।

मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी मानिने क्यान इन्फोटेक भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुनेछ। क्यान इन्फोटेक २०२३को टाइटल स्पोन्सरमा इन्फोडेभलपर्स प्रालि र एसोसिएट स्पोन्सरमा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससिटी) रहेको छ। प्रायोजक कम्पनीका आधारमा यो बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एससिटी’ राखिएको छ।

क्यान इन्फोटेक २०२३ को प्लाटिनम स्पोन्सरमा डिसहोम फाइबरनेट, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी र ह्वावे छन्। सिल्भर स्पोन्सरहरूमा एसपावर, डिजिकम र अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी) रहेका छन्।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा पे वेल, इन्स्यारेन्स पार्टनरमा आइएमई जेनेरल इन्स्योरेन्स, नलेज पार्टनरमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा इन्टरनेसनल स्कुल फर स्किल्स, फुड एन्ड बेभरेज पार्टनरमा ¥याकेट बार एन्ड इभेन्टस, पावर्ड बाई आइएमई पे र एसएमएस पार्टनरमा स्प्यारो एसएमएस छन्।

प्रदर्शनीलाई सफल रुपमा आयोजना हुन देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसुलगायतका संस्थाले सहयोग गरेका छन्। त्यस्तै अन्तर्राष्ट्रिय रूपमा असोसियो र वल्र्ड इन्फमेसन टेक्नोलोजी एन्ड सर्भिस एलाइन्सको पनि सहयोग छ।



प्रतिक्रिया दिनुहोस्