Logo

आरोन फिन्चले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास



काठमाडौं, माघ २४ । अष्ट्रेलियाका चर्चित क्रिकेटर आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।३६ वर्षीय फिन्चले सोमबार राति अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् ।

ओपनर एवं कप्तानको रुपमा फिन्चले अष्ट्रेलियालाई पहिलो पटक सन् २०२१ मा टी-२० विश्वकप उपाधि जिताएका थिए । उन्ले टेस्ट र एकदिवसीय क्रिकेटबाट यसअघि नै बिदा लिईसकेका थिए ।

फिन्चले पाँच टेस्ट, एक सय ४६ एकदिवसीय र एक सय तीन वटा टी-२० खेल खेलेका छन् । उनी टी-२० मा सर्वाधिक कप्तानी गर्ने खेलाडी पनि पनि हुन् । फिन्चले टी-२० मा दुई शतक, १९ अर्धशतकसहित कुल तीन हजार एक सय २० रन बनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्