Logo

डब्लुपीएलका लागि नेपालबाट ५ खेलाडी सिफारिस



काठमाडौं, २४ माघ । पहिलो संस्करणको महिला प्रिमियर लिग (डब्लुपीएल)का लागि नेपालबाट ५ खेलाडी सिफारिस भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले महिला टिमकी कप्तान रुविना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर र अस्मिना कर्माचार्यको नाम लिगका लागि सिफारिस गरेर भारतीय क्रिकेट बोर्डमा पठाएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए।

पहिलो संस्करणको महिला प्रिमियर लिग (डब्लुपीएल) मार्च ४ बाट सुरु हुने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अनुसार ४ मार्चमा सुरु हुने लिग मार्च २६ सम्म संचालन हुनेछ। पहिलो संस्करणको डब्लुपीएलका खेलहरु मुम्बईको ब्रेबोर्नी स्टेडियम र डीवाई पाटिल स्टेडियममा हुनेछ।

बीसीसीआई का अनुसार फेब्रुअरी १३ मा खेलाडी अक्सन हुनेछ। खेलाडी अक्सन भारतको मुम्बई शहरमा हुनेछ।

बीसीसीआई का अनुसार १५ सय खेलाडीले नाम दर्ता गराएका र अक्सनका लागि खेलाडीको अन्तिम सूची यसै साता सार्वजनिक गरिनेछ।



प्रतिक्रिया दिनुहोस्