Logo

साफ यू-२० महिला च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा



काठमाडौं, २४ माघ । नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो।

नेपालका लागि अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरिन्।



प्रतिक्रिया दिनुहोस्