Logo

वैदेशिक अनुदान : लक्ष्य साढे ५५ अर्ब, प्राप्ती ५ अर्बमात्र



काठमाडौं, माघ २५ । सरकारले वार्षिक बजेट बनाउँदा वैदेशिक अनुदानको अंश उच्च राखे पनि त्यसअनुसार आउने गरेको छैन ।

चालू आर्थिक वर्षको बजेटमा ५५ अर्ब ४५ करोड रुपैयाँ अनुदान आउने भनिएको छ । तर, यो महिनाको ७ महिना बित्न लाग्दा अनुदान ४ अर्ब ८० करोड रुपैयाँमात्र आएको छ ।

यो लक्ष्यको ८.६५ प्रतिशतमात्रै हो । सरकारले अनुदान राखेको लक्ष्य र प्राप्तिको अवस्था यो वर्षमात्र होइन, पछिल्ला केही वर्षदेखि यस्तै छ । चालू आर्थिक वर्षमा राजस्व असुलीमा चुकेको सरकार वैदेशिक अनुदानको लक्ष्यमा पनि असफल भएको छ ।

यस्तै, सरकारले गत आर्थिक वर्षमा ५९ अर्ब ९९ करोड रुपैयाँ वैदेशिक अनुदान ल्याउने लक्ष्य राखेकामा १८ अर्ब २९ करोड रुपैयाँमात्र आएको थियो । कारोबार दैनिकबाट



प्रतिक्रिया दिनुहोस्