Logo

टर्की भूकम्प : भग्नावशेषमुनि जन्मिएका नवजात शिशुको जिवितै उद्धार



काठमाडौं, माघ २५ । गत सोमबार बिहान सिरियामा गएको शक्तिशाली भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट नवजात शिशुको जिवितै उद्धार गरिएको छ ।

बीबीसीका अनुसार उद्धारकर्मीहरुले भूकम्प गइसकेपछि भग्नावशेषमुनि आमा मृत अवस्थामा र शिशु जीवितै भेटेको र अहिले शिशुको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख छ ।

भूकम्पमै परेर ती शिशुका बुवा, चार दाजुभाइ र एक काकीले पनि ज्यान गुमाएको शिशुका आफन्तलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

एउटा भिडियोमा ती शिशुलाई धुलोले ढाकेको अवस्थामा भग्नावशेषबाट निकालिएको देखिन्छ ।

इडलिब प्रान्तको विपक्षी नियन्त्रित एक सहरबाट उनको उद्धार भएको हो । टर्कीमा गएको भूकम्पका कारण टर्की र सिरियामा गरी सात हजार ८ सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्