Logo

देउवालाई विपक्षी दलको नेता नबनाउन सर्वोच्चमा परेको मुद्दाको सुनुवाइ हुँदै



काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता नबनाउन भन्दै सर्वोच्च अदालतमा परेको मुद्धामाथि आज सुनुवाइ हुँदैछ।

उनको मुद्धा न्यायाधीश सुष्मालता माथेमाको इजलासमा तोकिएको छ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको उक्त रिट दर्ता गर्न मंगलबार आदेश दिएपछि मुद्धामा आज सुनुवाई भएको हो।

अधिवक्ता विमलप्रसाद पौडेलले दायर गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो। रिट दर्ता गर्न अस्वीकार गरेपछि त्यसविरुद्ध पौडेलले निवेदन दिएका थिए।



प्रतिक्रिया दिनुहोस्