Logo

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो



काठमाडौं, माघ २५ । आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई सयले बढेको छ । मंगलबार प्रतितोला एक लाख चार हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँले बढ्दै एक लाख चार हजार आठ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार तीन सय रुपैयाँ रहेको छ ।

तेजाबी सुन मंगलबार प्रतितोला एक लाख चार हजार एक सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेर एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्