Logo

अन्तर्राष्ट्रिय मुद्राको कारोबारमा उचार चढाव : डलर, युरो र पाउण्डको मूल्य घट्यो, अष्ट्रेलियन डलरको बढ्यो



काठमाडौं, माघ २५ । आज अमेरिकी डलर एकको मूल्य घटेको छ । मंगलबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६३ पैसा तोकिएकोमा आज खरिददर १३२ रूपैयाँ ३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६३ पैसा तोकिएको छ।

यस्तै युरोपियन युरोको मूल्यसमेत आज घटेको छ । आज एक युरोेको खरिदमूल्य १४१ रूपैयाँ ४६ पैसा र बिक्रीदर १४२ रूपैयाँ ११ पैसा कायम गरिएको छ। मंगलबार यसको खरिददर १४२ रूपैयाँ १५ पैसा र बिक्रीदर १४२ रूपैयाँ ७९ पैसा थियो।

यस्तै, बेलायती पाउण्डको खरिददर १५८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रूपैयाँ ८ पैसा तोकिएको छ। यसअघि मंगलबार यसको खरिददर १५८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १५९ रूपैयाँ ५९ पैसामा कारोबार भएको थियो।

त्यसैगरी, आज अष्ट्रेलियन डलरको मूल्य भने ५२ पैसाले बढेको छ । आज एक अष्ट्रेलिउन डलरको खरिदमूल्य ९१ रूपैयाँ ५२ पैसा र बिक्रीमा ९१ रूपैयाँ ९३ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर ९१ रूपैयाँ र बिक्रीदर ९१ रूपैयाँ ४१ पैसामा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्