Logo

सुदूरपश्चिम प्रदेश : विश्वासको मत लिन बोलाइएको बैठक स्थगित



काठमाडौं, २५ माघ । सुदूरपश्चिम प्रेदश सभाको लागि बोलाइएको बैठक स्थगित भएको छ।

आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने कार्यसूची रहेको थियो। तर नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मत नदिने भएपछि बैठक स्थगित भएको हो।

मुख्यमन्त्री रावलले नागरिक उन्मुक्तिले विश्वासको मत नदिए अल्पमतमा पर्ने देखिएकाले उनकै आग्रहमा प्रदेशसभाको बैठक भोलि (बिहीबार) दिउँसो १ बजे पुन: बस्ने गरी स्थगित गरिएको हो।

नागरिक उन्मुक्ति पार्टीका सांसद अहिलेपनि काठमाडौंमै रहेका छन्।

मुख्यमन्त्री रावलले विश्वासको मत लिने भोलि अन्तिम दिन हो।



प्रतिक्रिया दिनुहोस्