Logo

केपी ओली ‘जे हुन्छ, प्रभुको कृपाले हुन्छ’ भनेर बसिरहने व्यक्तित्व होइन : विष्णु रिजाल



काठमाडौं, २५ माघ । नेकपा (एमाले) का नेता विष्णु रिजालले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान समीकरणलाई बलियो बनाउन, सरकारलाई प्रभावकारी बनाउन र राजनीतिक स्थिरता बनाईराख्न पहल लिएको दाबी गरेका छन् । यसरी पहल लिँदा कसरी हस्तक्षेप हुन्छ ? भन्दै उनले प्रश्न गरेका छन् ।

उनले फेशबुकमार्फत लेखेका छन्–

समीकरणको सबभन्दा ठूलो दलको अध्यक्षको हैसियतले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान समीकरणलाई बलियो बनाउन, सरकारलाई प्रभावकारी बनाउन र राजनीतिक स्थिरताका बनाइराख्न पहल लिँदा कसरी हस्तक्षेप हुन्छ ? यो त विल्कुल जिम्मेवारी र उत्तरदायित्वभित्रको विषय हो ।

‘झर्ला र खाउँला’ भनेर मुख मिठ्याइरहेकाहरुका लागि जति नै अप्रिय भए पनि यति कुरा थाहा पाइराख्दा हुन्छ: केपी ओली निस्क्रिय भएर र ‘जे हुन्छ, प्रभुको कृपाले हुन्छ’ भनेर बसिरहने व्यक्तित्व होइन । सत्तामा हुँदा होस् वा विपक्षमा; सक्रियता, पहलकदमी र नेतृत्वमा कुनै फरक नपाइनु नै उहाँको सदाबहार विशेषता हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot