Logo

आत्मदाह गरेका आचार्यको परिवारलाई ५० लाखको बिमा भुक्तानी



काठमाडौं, २५ माघ । नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई ५० लाखको बिमा दाबी भुक्तानी गरिएको छ।

आचार्यले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा बिमा गरेका थिए। उनले २०७७ मंसिर ३० गते सो कम्पनीमा ५० लाखको धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा गराएको र २ किस्ता बापत ६ लाख ९३ हजार ६ सय रुपैयाँ बीमाशुल्क बुझाएको कम्पनीले जनाएको छ ।

बिमाबाफत कम्पनीले ५० लाख १२ हजार १९४ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको जनाएको छ।

photo by : kamal shahi



प्रतिक्रिया दिनुहोस्