Logo

रामकुमारीको प्रश्न : कहाँ पुग्दैछ समाज ? (भिडिओसहित)



काठमाडौं, २५ माघ । नेकपा (एकीकृत समाजवादी) की नेतृ एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले अब मुलुकलाई समृद्धिको दिशामा अघि बढाउनतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिएकी छिन् । आज (बुधबार) काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले सबै कुराको धारणा सडकमा बनाउने कुराको सुरुवात हुनु राम्रो नभएको टिप्पणी गरिन् । उनले भनिन्–‘जम्मै अदालतको फैसलापनि सडकमा गर्छौं, सबै चिजको फैसला हामी, अनुशन्धान सडकमा हुन्छ, धारणा सडकमा बनाउँछौं । कहाँ पुग्दैछ समाज ? त्यसकारण हामी के भन्दैछौं भने, सबै क्रेडिवल बनौं । जिम्मेवारी बहन गर्ने बनौं ।’

Photo & Video By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्