Logo

विचार मिल्ने पार्टीहरुसँग एकता गर्नुपर्छ : विप्लव



काठमाडौं, २५ माघ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द‘विप्लव’ले विचारमिल्ने पार्टीहरुसँग एकता गर्नुपर्ने बताएका छन्। उनले काठमाडौंस्थित नाँचघरमा आज पत्रकार सम्मेलनमा बोल्दै विचारमिल्ने पार्टीहरुसँग एकता गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘विचारमिल्ने पार्टीहरुसँग एकता गर्नुपर्छ। मुद्धामिल्ने कम्युनिष्ट पार्टीहरुसँग सहकार्य गर्नुपर्छ। यहीँ ब्यवस्थाभित्र घुमेर होइन यसको समाधान वैज्ञानिक समाजवादमा खोज्नुपर्छ।’

नेपालमा वैज्ञानिक समाजवादी बहस हुनुपर्ने भन्दै उनले भने, ‘नेपालमा एउटा वैज्ञानिक समाजवादी बहस एउटा रुपान्तरणकारी राजनीतिक बहस होस र त्यसमा सबै देशभक्त शक्तिहरुपनि लोकतान्त्रिक शक्तिहरुसँगपनि हामी सहभागी बन्न पाउँ। सबैसँग छलफल होस त्योमा हामी आउछौं भनेका छौं। खुल्ला ढंगले सबै विषयमा छलफल गर्ने तर नेपाललाई निराशावादी गोलचक्करबाट मुक्त गरेर एउटा सुन्दर नेपालतिर लैजाने गरी बहसलाई केन्द्रीत गर्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्