Logo

लुम्बिनी : राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सम्पन्न



काठमाडौं, २५ माघ । लुम्बिनी प्रेदशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि भएको मतदान सम्पन्न भएको छ।

मतदान दाङ्गस्थित घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा १० बजेदेखि सुरु भएको थियो।

मतदानमा प्रदेशसभा सदस्य, स्थानीय तह प्रमुख तथा उपप्रमुखहरुगरी प्रदेशका कुल ३०५ मतदातामध्ये ३०४ जनाले मतदान गरेका छन्।

लुम्बिनीमा खिमलाल भट्टराइले राजीनामा दिएपछि उपनिर्वाचन भएको हो।



प्रतिक्रिया दिनुहोस्