Logo

प्रधानमन्त्री दाहालद्धारा बाबुरामका बुवाको स्वास्थ्यलाभको कामना



काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना पूर्व सहकर्मी डा. बाबुराम भट्टराईका बुवाको स्वास्थ्यलाभको कामना गरेका छन् । बाबुरामका ९३ वर्षीय बुवा भोजप्रसाद भट्टराई अस्वस्थ भएर काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराईरहेका छन् । प्रधानमन्त्री दाहाल आज अस्पताल पुगेर भोजप्रसादको स्वास्थ्यलाभको कामना गरेको बाबुरामले जनाएका छन् ।

उनले फेशबुकमा तस्विर साझा गर्दै लेखेका छन्-

ट्रमा सेन्टर पुगेर हाम्रा ९३ बर्षीय बा भोजप्रसाद भट्टराईको स्वास्थ्यलाभको कामना गर्नुभएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हार्दिक धन्यवाद !सो अवसरमा वहाॅका स्वर्गीय पिता र हाम्रा बा वीच गहीरो दोस्ती रहेको स्मरण पनि गरिएको थियो !



प्रतिक्रिया दिनुहोस्