Logo

अबैध सुर्तीजन्य पदार्थको ट्रान्जिट प्वाईन्ट बन्दै सर्लाही : करोडौको राजस्व छलि, सम्बन्धीत निकाय मौन



बखतियार अलि
सर्लाही २५ माघ । मधेश प्रदेशका सर्लाही जिल्लाबाट मात्र दैनिक करोडो रुपैयाँ बराबरको अबैध सुर्तीजन्य पदार्थ भारतबाट नेपाल भित्रिने गरेको छ ।

भन्सार छलि गरि दैनिक रुपमा करोडौ रुपैया बराबरको पानपराग, रजनीगन्धा, तुलसी, काचो सुर्ती तथा बिभिन्न ब्राण्डका गुटखा तथा पान मसालाहरु खुला सीमानाकाहरुबाट चोरीपैठारी गरि नेपाल भित्रिने गरेको स्थानीयहरु बताउछन । जिल्लामा रहेका पान पसल, किराना पसलहरुमा पाईने सुर्तीजन्य पदार्थ गुटखा तथा पान मसालाहरुको जिल्लामा कुनै फैक्ट्री छैन । अधिकांस गुटखा तथा पान मसालाहरु भारतबाट नेपाल भित्रिने गरेको छ ।

सुर्तीजन्य पदार्थबाट बनेको गुटखा तथा पानमसालाहरु सेवन गरेर नेपालमा मृत्यु हुनेको संख्या बढी देखिएको छ । सुर्तीजन्य पदार्थको सेवनका कारण हरेक वर्ष २७ हजार भन्दा बढीको मृत्यु हुने गरेको विज्ञहरुको धारणा छ । भारतबाट भन्सार छलि गरेर ल्याएका गुटखा र सुर्तीजन्य पदार्थको सर्लाही लगायत सदरमुकाम मलंगवामा ठुलो–ठुलो गोदाममा राख्ने गरिन्छ ।

जिल्ला भित्रिएका यसता गुटखाहरुलाई नेपाल भरिमा पठाउने काम हुने गरेको उधोग वाणिज्य संघ मलंगवाका महासचिव संजय यादव (सुजय) ले बताए । उनले भने, ‘दैनिक रुपमा भित्रिने यस्ता गुटखा तथा सुर्तीजन्यले गर्दा नेपाली नागरिकको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको सँगै दैनिक रुपमा ५० लाख भन्दा बढिको राजस्व छलि समेत भईरहेको छ ।’

भारतबाट नेपाल भित्रिने यसता अवैध गुटखा तथा सुर्तीजन्य पदार्थलाई पुर्ण रुपमा बैण्ड गर्नुपर्ने उनले बताए । स्थानीय प्रशासनलाई सबै कुरा थाह हुदा पनि भारतीय अबैध सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न कुनै प्रकारको पहल नगरेको नागरिक समाजका अगुवा उग्रकान्त झाले आरोप लगाए ।

उनले भने, ‘ यकातर्फ राज्यलाई प्रत्यक्ष रुपमा मासिक अर्बै रुपैयाको राजस्व घाटा भईरहेको छ भने अर्काेतर्फ नेपाली जनता भारतीय सुर्तीजन्य पदार्थ सेवन गरेर अकाल मृत्युको मुखमा पुग्ने गरेका छन् ।’ स्थानीय सरकार तथा प्रशासनले यस प्रति ठोस कदम उठाउनु पर्ने अगुवा झाले जोडदार माग गरे । भारतीय अवैध सुर्तीजन्य पदार्थ गुटखा तथा पान मसालाहरुको सर्लाही जिल्ला ट्रान्जिट प्वाईन्ट बनेको छ ।

यसता अवैध सुर्तीजन्य पदार्थलाई तुरुन्तै नियन्त्रण नगरे सर्लाही जिल्लामा मात्र नभई नेपाल भरिनै यसले ठुलो छति गर्ने जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंहले भने भारतमा उत्पादन हुने गुटखा तथा सुर्तीजन्य पदार्थको ठुलो बजार नेपाल बन्दै गएको छ ।

भारत सरकारले गुटखा तथा सुर्ती माथि कडा प्रतिबन्ध लगाएपछि यसको ठुलो बजार नेपाल बनेको छ । खास गरि मधेश प्रदेशका जिल्लाहरुबाट दैनिक ठुलो परिमाणमा गुटखा तथा सुर्तीजन्य पदार्थ नेपाल भित्रिने गरेको छ । यसलाई पुर्ण रुपमा बैन गर्नुपर्ने जिसस प्रमुख सिंहको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्