Logo

सुनचाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?



काठमाडौं, माघ २६ । बिहीबार सुनचाँदीको मुल्य बढेको छ। बुधबार प्रति तोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन पनि तोलामा १ सयले बढेर प्रति तोला १ लाख ४ हजार ४ सयमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य ५ रुपैयाँले बढेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८९ हजार ९ सय ३५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८९ हजार ५ सय ५ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ३१ रुपैयाँ ५० पैसा कायम गरेको छ।



प्रतिक्रिया दिनुहोस्