सिके राउतका दाजु जयकान्त राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त


काठमाडौं, २६ माघ । कृषि वैज्ञानिकसमेत रहेका जनमत पार्टीका नेता डा. जयकान्त राउत योजना आयोगको सदस्यमा नियुक्त भएका छन् ।

प्रधानन्त्री पुष्पकमल दाहालले राउतलाई आयोगको सदस्यमा नियुक्त गरेका हुन् ।

राउत लामो समय नाष्टमा रहेर काम गरेका वैज्ञानिक हुन् । उनी हालै मंसिर ४ को चुनावमा सप्तरीबाट उठेका थिए ।