प्रधानमन्त्री प्रचण्ड र महामन्त्री थापाबीच भेटवार्ता


काठमाडौं, २६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ।

उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।

भेटवार्तामा राष्ट्रपति, उपराष्ट्रपनि निर्वाचन र समसमायिक राजनीतिका बारेमा छलफल भएको जनाइएको छ।