Logo

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति भण्डारी (फोटोफिचर)



काठमाडौं, २७ माघ । संघीय संसद्को संयुक्त बैठकलाई अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरिरहेकी छिन्।

राष्ट्रपतिले गर्ने सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन्। त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।

नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन्। संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ।

तस्बिरहरु : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्