Logo

कवि जानु धितालको ‘छाउगोठकी आमा’ कविता सङ्ग्रहको लोकार्पण



काठमाडौं, २९ माघ । कवि जानु धितालको छाउगोठकी आमा कविता सङ्ग्रहको लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा सिलौटो रेस्टुरेन्ट अनामनगर, काठमाडौँमा हिजो (शनिबार) एक कार्यक्रमको आयोजना गरी सो कृतिको लोकार्पण गरिएको हो ।

सो कृतिको साहित्यकारहरू पवन आलोक, स्नेह सायमी, श्रीओम श्रेष्ठ रोदन, नगेन्द्रराज शर्मालगायतले संयुक्त रूपमा विमोचन गरेका थिए । साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यता तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सो कार्यक्रम कवि विधान आचार्यले सञ्चालन भएको थियो ।

Photo By: Rajesh Manandhar/Source-Janu Dhital’s Facebook



प्रतिक्रिया दिनुहोस्