नेपाललाई दोस्रो झटका


काठमाडौं, २ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियासँग खेलिरहेको नेपाललाई दोस्रो झटका लागेको छ।

नेपालले दोस्रो विकेटकोरुपमा ज्ञानेन्द्र मल्ललाई गुमाउनु परेको हो।

मल्ल ३५ बलमा २५ रन जोड्दै आउट भएका हुन्।

टस हारेर ब्याटिङ् गरेको नामेबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।

नेपालले यतिबेला ११.५ ओभरमा २ विकेट गुमाउँदै ५५ रन जोडेको छ।