Logo

सन्दीपको शानदार कमब्याक(फोटो फिचर)



काठमाडौं, २ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले उत्कृष्ट पुनरागमन गरेका छन्।

बलात्कार आरोपले ६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका लामिछानेले पहिलो खेलमै उत्कृष्ट प्रदशन गरेका छन्।

उनले आज आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नामिबियाको खेलमा ३ विकेट लिँदै उत्कृष्ट प्रदशन गरेका हुन्।

टस जितेर बलिङ् रोजेको नेपाललाई नामेबियाले २८६ रनको लक्ष्य दिएको छ। नेपालले यतिबेला जवाफी ब्याटिङ् गरिरहेको छ।

नेपालका लागि करन केसीले ५ विकेट लिएका छन् भने सन्दीप लामिछानेले ३ विकेट लिएका छन्।

यस्तै सोमपाल कामी र कुशल मल्ले समान १/१ विकेट लिएका छन्।

तस्बिर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्