जब भुर्तेलले शतक बनाए (फोटोफिचर)


काठमाडौं, २ फागुन । आइसीसी विश्वकप लिग-२ अन्तर्गत किर्तिपुरमा आजबाट भएको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले नामेबियालाई हरायो।

नेपालले नामिबियालाई १४ बल बाँकी छँदै २ विकेटले हराउँदा खेलका नायक बनेका छन्, ओपनर ब्याट्सम्यान कुशल भुर्तेल।

टस हारेर पहिला ब्याटिङ् गरेको नामेबियाले निर्धारित ५० ओभरमा २८५ रन बनायो।

जवाफी ब्याटिङमा उत्रेको नेपालका लागि ओपनर जोडीका रुपमा आशिफ शेख र कुशल भुर्तेल क्रिजमा पसे। आशिफले ५ बल खेलेर शून्य रनमा आउट हुँदा भुर्तलले भने १ सय १३ बल खेल्दै १ सय १५ रनको विशाल पारि खेले। उनले १० चौका र ४ छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए।

भुर्तेल एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय दुवैमा शतक बनाउने तेस्रो नेपाली ब्याट्सम्यान बनेका छन्।

तस्बिरहरु : मुकुन्द कालिकोटे

Skip This

Omoda E5 Pro